Kathmandu Press

खनाललाई लक्षित गर्दै पाैडेलले भने- रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउँछ?

काठमाडौं, असार १३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानविरुद्ध उभिएर समाजवाद नआउने बताएका छन्।सोमबार आज ललितपुरमा आयोजित नेपालमा समाजवाद  चुनौती र...
खनाललाई लक्षित गर्दै पाैडेलले भने- रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउँछ?

काठमाडौं, असार १३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानविरुद्ध उभिएर समाजवाद नआउने बताएका छन्।

सोमबार आज ललितपुरमा आयोजित नेपालमा समाजवाद  चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा नेता पौडेलले संविधानले दिएका अधिकारहरू कार्यान्वयन गरे मात्रै समाजवादको जग बसाल्न सकिने बताए। पौडेलले छोटो समयमा मन्त्री परिवर्तन गर्नु उचित नहुने बताए।

कार्यक्रममा उनले नेकपा एकीकृत समाजवादीले सबैको भाग पुर्‍याउन भन्दै मन्त्री फेर्नु गलत हुन गएको बताए। उनले सहरी विकास मन्त्रालयबाट रुँदै बिदा भएकी रामकुमारी झाँक्रीको प्रसंग पनि निकाले। उनले मञ्चमा रहेका नेकपा एसका नेता झलनाथ खनालतर्फ लक्षित गर्दै भने, 'रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउँछ? सबैको पालो पुर्‍याउन चार दिन पनि काम गर्न नपाएका मन्त्रीलाई हटाउनु गतल थियो।’

पौडेलले थपे, ‘समाजवादतिर हामी गइरहेको छौं कि कतातिर जाँदैछौं? नारा समाजवादको तर कामचाहिँ सामान्तवादका पालाका जस्तो गर्ने?’

नेकपा एसले सरकारमा रहेका पुराना मन्त्री फिर्ता गरी नयाँ मन्त्री पठाएपछि आइतबार मन्त्रिमण्डल पुनर्गठन भएको थियो। समाजवादको नारा लगाएर घोर प्रतिक्रियावादी काम गरेर नभई नेताकार्यकर्ताको संस्कार बदलेर मात्रै समाजवाद आउने उनको भनाइ थियो।


 

प्रकाशित मिति: १७:३९ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्