Kathmandu Press

संघर्ष र बलिदानबाट प्राप्त परिवर्तनलाई कम आँक्नु हुँदैन : प्रचण्ड 

१० वर्षे जनयुद्ध, हजारौं हजारको त्याग र बलिदानबाट आएको परिवर्तनको महत्व, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकको मान्यतालाई कम आँक्नु इतिहासप्रति र परिवर्तनको स्वामित्वप्रति अन्याय हुन्छ।’ 
संघर्ष र बलिदानबाट प्राप्त परिवर्तनलाई कम आँक्नु हुँदैन : प्रचण्ड 

काठमाडौं, असार १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्ष र बलिदानबाट प्राप्त परिवर्तनलाई कम आँक्न नहुने बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले ऐतिहासिक महत्वका राजनीतिक परिवर्तनमात्र नभई परिवर्तनलाई संवैधानिक ढंगले संस्थागत गर्ने प्रक्रियासमेत संविधानसभाबाट भएका कुरालाई कम आँक्न नहुने बताएका हुन्। 

‘१० वर्षे जनयुद्ध, हजारौं हजारको त्याग र बलिदानबाट आएको परिवर्तनको महत्व, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकको मान्यतालाई कम गरी आँक्नु इतिहासप्रति र परिवर्तनको स्वामित्वप्रति अन्याय हुन्छ,’ उनले भने।  

प्रचण्डले राजनीतिक दलहरुले केही गरेनन् भन्ने सत्य नभएको बताए । पञ्चायत विरोधी आन्दोलन, ०४६ सालको जनआन्दोलन,  शान्ति प्रक्रियाको वरिपरि गरिएका संयुक्त आन्दोलन, संविधान सभाको निर्वाचन, संविधान निर्माण र त्यसपछिका परिपाटीमा र त्यसको ऐतिहासिकता र महत्वलाई कम हुनेगरी व्याख्या गर्न नहुने बताए। 

‘खासै केही होइन, हामी पहिले जहाँ थियौं, अहिले पनि त्यहीँ छौं, जनताले पहिले जे पाएका थिएनन्, अहिले पनि त्यही पाएका छैनन् भनेजसरी व्याख्या गर्नु जनताको त्याग तपस्या र जनयुद्धकोे र जनआन्दोलनका घाइतेहरुको अपमान हुन्छ, त्यसैले हामीले त्यस्तो कुरा गर्नुहुँदैन,’ प्रचण्डले भने।  

तर यति नै पर्याप्त हो भन्ने आफूलाई नलागेको उनले बताए। ‘पहिलो कुरा संविधानमै व्यवस्था भएअनुसार ऐन बनाउन सकेका छैनौं। परिवर्तनलाई जनताको घरदैलोमा पुर्याउन सकेका छैनौं। त्यसमा कहिँ न कहिँ राजनीतिक नेतृत्व चुकेका छौं,’ उनले भने।  
  
 

प्रकाशित मिति: १७:३१ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्