Kathmandu Press

‘एसपिपीमा आबद्ध नहुने भनेर अमेरिकी सरकारलाई पत्र पठाइसकिएको छ’

काठमाडौं, असार १३ : नेपाल सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा आबद्ध नहुने भन्दै अमेरिकी सरकारलाई पत्र पठाएको जनाइएकाे छ।एसपिपीमा आबद्ध नहुने भनेर...
‘एसपिपीमा आबद्ध नहुने भनेर अमेरिकी सरकारलाई पत्र पठाइसकिएको छ’

काठमाडौं, असार १३ : नेपाल सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा आबद्ध नहुने भन्दै अमेरिकी सरकारलाई पत्र पठाएको जनाइएकाे छ।

एसपिपीमा आबद्ध नहुने भनेर मन्त्रिपरिषदले निर्णय गरेलगत्तै परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पत्र पठाइसकिएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए। 

राष्ट्रिय सभाको आज (सोमबारं बसेको बैठकमा गृहमन्त्री खाँणले भने, ‘अमेरिकी सेना र नेपाली सेनाबीच सहयोग आदानप्रदानको सन्दर्भमा स्टेट पाटनरसिप प्रोग्राम हुन्छ कि भन्ने देशभरि एउटा चर्चाको प्रसंग थियो, सदनमा पनि गम्भीरतापूर्वक छलफल र बहस भयो। त्यसपछि मन्त्रिपरिषदले नै एसपिपीलाई अगाडि बढाइने छैन भन्ने निर्णय गर्‍यो। त्यो निर्णय हामीले परराष्ट्र मन्त्रालयमार्फत पठाएका छौं।’ 

मन्त्रिपरिषद्को २०७९ असार ६ गते बसेको  बैठकले एसपिपीमा सहभागी नहुने निर्णय गरेर सो जानकारी अमेरिकालाई गराउने निर्णयसमेत गगरिएको उनले बताए।

प्रकाशित मिति: १७:२७ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्