Kathmandu Press

मन परे पनि नपरे पनि अबकाे चुनावमा पाँचदलीय गठबन्धनको विकल्प छैन : केसी

काठमाडौं, असार १३ : राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले आउने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मन परे पनि नपरे पनि पाँचदलीय गठबन्धनको विकल्प नभएको बताएका छन्।नेपालमा...
मन परे पनि नपरे पनि अबकाे चुनावमा पाँचदलीय गठबन्धनको विकल्प छैन : केसी

काठमाडौं, असार १३ : राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले आउने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मन परे पनि नपरे पनि पाँचदलीय गठबन्धनको विकल्प नभएको बताएका छन्।

नेपालमा समाजवाद  चुनौती र सम्भावना विषयक अन्तरक्रियामा उनले विगतमा कांग्रेसलाई किनारा लगाएर वामपन्थी शक्ति बनाउने भनेर पार्टी एकतादेखि चुनावमा सहकार्य गरे पनि त्यसलाई जोगाउन नसकेको स्पष्ट पार्दै अबको चुनावमा पाँचदलीय गठबन्धनको विकल्प नभएको बताएका हुन्।

‘कसैलाई मन परे पनि नपरे पनि प्रदेश र संघको चुनावमा गठबन्धन एकजुट भएर जानुको विकल्प छैन,’ अध्यक्ष केसीले भने, ‘वामपन्थीहरुको राम्रो खुट्टा टेकेर मुलुकलाई अगाडि लगेको भए कांग्रेसलाई मिसाउनुपर्ने नै थिएन तर हामीले त्यसो गर्न सकेनौं।’

पटकपटकको संसद विघटनले संविधानमाथि खतरा उत्पन्न भएपछि कांग्रेससँग गठबन्धन गर्नु परेको उनको भनाइ थियो। उनले पाँच दलीय गठबन्धन कांग्रेसलाई सरकारमा ल्याउन नबसेको पनि बताए। 

प्रकाशित मिति: १७:१२ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्