Kathmandu Press

सुदूरपश्चिमको पहाडी क्षेत्रमा भूकम्पको धक्का

बैतडी, कात्तिक २६ : सुदूरपश्चिमको पहाडी जिल्लामा आज बिहानै भूकम्पको धक्का महासुश गरिएको छ।

भारतमा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूर....

सुदूरपश्चिमको पहाडी क्षेत्रमा भूकम्पको धक्का

बैतडी, कात्तिक २६ : सुदूरपश्चिमको पहाडी जिल्लामा आज बिहानै भूकम्पको धक्का महासुश गरिएको छ।

भारतमा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुश गरिएको हो।

Hardik ivf

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको ४.६ रेक्टर स्केलको भूकम्प गएको छ। आज बिहान ७ः४५ बजेमा गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले बताए।

जसले गर्दा सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुश गरिएको छ। अहिलेसम्म कतैबाट पनि क्षतिको जानकारी नआएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ११:२२ बजे, मंगलबार, कात्तिक २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्