Kathmandu Press

प्रदेश १ मा मन्त्रालयगत छलफल सकियो

विराटनगर, असार १३ : प्रदेश १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयक अन्र्तगत तीन मन्त्रालयसँग सम्बन्धित छलफल समाप्त भएको छ।प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक...
प्रदेश १ मा मन्त्रालयगत छलफल सकियो

विराटनगर, असार १३ : प्रदेश १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयक अन्र्तगत तीन मन्त्रालयसँग सम्बन्धित छलफल समाप्त भएको छ।

प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, कृषि मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको हो।
    
छलफलमा प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले समग्रमा यो बजेट प्रदेश अनुकूल नभएको बताउँदै घाटा बजेटले जनताको चाहनाअनुसारको योजना सम्पन्न हुने कुरामा शङ्का व्यक्त गरे।

अर्का  सदस्य चुमनारायण तवदारले कृषि विकासको मूल आधार भएकाले कृषकले पाउने अनुदान, सहुलियत ऋण झन्झटिलो हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताए।
    
सदस्य अम्बिका थापा, उत्तमकुमार बस्नेत, नारायणबहादुर मगर, बलबहादुर साम्सुहाङ, विमल कार्की, राजकुमार ओझा, लक्ष्मण तिवारी, शिवनारायण गनगार्इं, सीतादेवी थेवे र हिराकुमार थापालगायतले बजेटको विविध पक्षमा चर्चा गरेका थिए।

शून्य समय

प्रदेशसभा सदस्य इन्दिरा राई, कृष्णकुमारी राई, वसन्तकुमार बानियाँ, बुद्धिकुमार राजभण्डारी, मोहनकुमार खड्का, लीला सुब्बा र सर्वध्वज सावाले मुलुकमा महँगी बढेका कारण जनताले भोग्नुपरेको समस्या, सिँचाइका लागि पैनी, खानेपानी, विपद् परेका जनतालाई राहत वितरण जस्ता विषयमा बोलेका थिए। प्रदेशसभाको अर्को बैठक मङगलबार बिहान ११ः३० मा बस्नेछ।

प्रकाशित मिति: १६:४० बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्