Kathmandu Press

करको दर हेरफेर गर्ने अर्थमन्त्रीको अधिकार हो, राजीनामा माग्दैमा दिन्नँ : अर्थमन्त्री 

अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गर्ने अधिकारी अर्थमन्त्रीमा निहीत हुने बताएका छन्।
करको दर हेरफेर गर्ने अर्थमन्त्रीको अधिकार हो, राजीनामा माग्दैमा दिन्नँ : अर्थमन्त्री 

काठमाडौं, असार १३ : अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गर्ने अधिकारी अर्थमन्त्रीमा निहीत हुने बताएका छन् । राष्ट्रिय सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले सबैसँग छलफल गरेर  नै करको दर हेरफेर गरिएको जवाफ दिएका हुन्। 

उनले करको दर हेरफेर गर्दा जनतामा हित गर्यो कि गरेन, उद्योग व्यवसायमा कस्तो प्रभाव पर्यो भन्ने विषय मुख्य कुरा रहेका कारण बढाउनै नपाइने तथा घटाउनै नपाइने भन्ने कुराको औचित्य नरहेको बताएका हुन् । उनले बजेट देश र जनताको पक्षमा ल्याइएको कारण कसैलाई अनैतिक लाग्दैमा अनैतिक नहुने बरु इतिहासले पुष्टि गर्ने बताए। 

अर्थमन्त्री शर्माले बजेट बनाउदा र कर हेरफेर गर्दा सबै बर्गको सुझाब लिइएको दाबी गरे । त्यसकारण कसैले राजीनामा माग्दैमा राजीनामा गरिनहाल्ने पनि उनको भनाई छ । ‘कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यहीं गर्नुपर्छ भन्ने होइन,’ उनले भने।

उनले बजेटमा कृषि क्षेत्रमा उत्पादन बढाउँदै आयात प्रतिस्थापनको नीति लिएको बताए। चालु आर्थिक वर्षमा हालसम्म ३ खर्ब ५८ अर्बको खाद्यान्न आयात भएको बताउँदै उनले यसलाई प्रतिस्थापन गर्नेगरी बजेटमा विभिन्न उद्योगका लागि कच्चा पदार्थमा छुट दिइएको बताए । 

स्यानिटरी प्याडका सम्बन्धमा महिलाको स्वास्थ्यमा ध्यान दिएर आयातमा कर घटाइएको बताए । त्यस्तै बिजुली गाडीका सन्दर्भमा उनले महँगा गाडीमा सञ्चिति डलर बढी जाने भएकाले केही कर बढाइएको बताए ।  

सरकारी निकायबाट पेट्रोलियम गाडी नकिन्ने, विद्युतीय मात्रै किन्ने भन्ने विषय पनि बजेटमा भनिएजस्तै बिजुली गाडीलाई प्रोत्साहन गर्न खोजिएको उनले बताए ।  डलरको मूल्यवृद्धि र पेट्रोलको मूल्यवृद्धिले मुद्रा सञ्चिति घटेको उनले बताए।

प्रकाशित मिति: १५:४३ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्