Kathmandu Press

एसपिपी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट बचाएकाे छ : नेपाल

काठमाडाैं, असार १३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सैन्य सम्झौतासम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगाएको बताएका छन्।आज (सोमबार) काठमाडौंमा पार्टीको...
एसपिपी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट बचाएकाे छ : नेपाल

काठमाडाैं, असार १३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सैन्य सम्झौतासम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगाएको बताएका छन्।

आज (सोमबार) काठमाडौंमा पार्टीको केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलले लिएको अडानका कारण स्टेट पर्टनरसिप प्राेग्राम (एसपिपी) मा नेपालको संलग्नता नरहने घोषणा सरकारले गरेको र मुलुक दुर्घटनाबाट जोगिएको बताएका हुन्।

उनले केपी ओलीमा राष्ट्रको भन्दा पनि व्यक्तिवादी प्रवृत्ति हाबी भएका कारण मुलुक पटक पटक समस्यामा परेको तर्क गरे।

अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अरुमाथि भरोसा नगरि सबै क्षेत्रमा तयारीमा जुट्न निर्देशन दिए। अबको निर्वाचनमा सवै स्थानमा उम्मेदवारी दिने उनको भनाइ छ।

उनले छोटो समयमा नै पार्टी अधिकांश निर्वाचन क्षेत्रमा बलियो अवस्थामा पुगेको भन्दै थप संगठन विस्तारमा ध्यान दिनुपर्ने जिकिर गरे।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। बैठक मंगलबारसम्म चल्ने समाजवादीले जनाएको छ।

प्रकाशित मिति: १५:२६ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्