Kathmandu Press

मन्त्री खापुङद्वारा पदभार ग्रहण, ग्लोबल फन्डको रकमसम्बन्धी पहिलाे निर्णय

काठमाडौं, असार १३ : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गरेका छन्।आज (सोमबार) शपथ ग्रहणसँगै मन्त्रालयमा पदभार ग्रहण गरेका उनले पहिलो...
मन्त्री खापुङद्वारा पदभार ग्रहण, ग्लोबल फन्डको रकमसम्बन्धी पहिलाे निर्णय

काठमाडौं, असार १३ : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गरेका छन्।

आज (सोमबार) शपथ ग्रहणसँगै मन्त्रालयमा पदभार ग्रहण गरेका उनले पहिलो निर्णयका रूपमा ग्लोबल फन्डको रकम सिधै स्वास्थ्य मन्त्रालयमातहत आउने गराउन भइरहेको तयारीमा हस्ताक्षर गरेका छन्।

अब यो प्रस्ताव मन्त्रिपरिषदमा पुग्नेछ। हाल सो फन्डको रकम गैरसरकारी निकाय सेभ द चिल्ड्रेनमार्फत खर्च हुँदै आएको थियो।

पदभार ग्रहणका क्रममा उनले दुरदराजमा रोग पहिचान र उपचारमा हुने कठिनाइको अन्त्य गर्न गाउँगाउँमा स्वास्थ्य शिविर लैजाने र क्यान्सर, मुटुरोग, मिर्गौलाजस्ता रोगको उपचारमा विशेष पहल गर्ने प्रतिबद्धता जनाए।

खापुङलाई आइतबार स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको हो। यसअघि उनी सोही मन्त्रालयमा राज्यमन्त्री थिए।  

प्रकाशित मिति: १५:०७ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्