Kathmandu Press

अर्थमन्त्री बोल्ने भएपछि एमाले सांसदले बहिस्कार गरे राष्ट्रिय सभा बैठक

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जवाफका लागि अर्थमन्त्रीलाई बोलाउने बित्तिकै एमाले सांसदहरु बैठकबाट बाहिरिएका हुन्।
अर्थमन्त्री बोल्ने भएपछि एमाले सांसदले बहिस्कार गरे राष्ट्रिय सभा बैठक

काठमाडौं, असार १३ : नेकपा एमालेका सांसदले राष्ट्रिय सभा बैठक बहिस्कार गरेका छन् । 

सोमबार राष्ट्रिय सभा बैठकको अन्त्यतिर अर्थमन्त्री जनार्दन शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम एमालेले बहिस्कार गरेका हुन्। 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जवाफका लागि अर्थमन्त्रीलाई बोलाउने बित्तिकै एमाले सांसदहरु बैठकबाट बाहिरिएका हुन्। एमाले सांसदहरुले बहिस्कार गरेपनि अर्थमन्त्री शर्माले संसदमा जवाफ दिएका थिए। 

 करको दर हेरफेरका लागि अनधिकृत व्यक्तिलाई प्रयोग गरेको भन्दै एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा एमालेले अर्थमन्त्रीको राजीनामा माग गर्दै आएको छ। 

अर्थमन्त्री शर्माले भने करको दर हेरफेरका लागि कुनैपनि अनधिकृत व्यक्ति प्रयोग नगरिएको स्पष्टिकरण दिइसकेका छन्। 

प्रकाशित मिति: १५:०१ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्