Kathmandu Press

निवर्तमान श्रममन्त्री किसान श्रेष्ठले सार्वजनिक गरे ५६ बुँदे उपलब्धि (पूर्णपाठ) 

आफू मन्त्री बनेर आउँदा मन्त्रालयमा धेरै समस्या रहेकामा केही सुधारका कामहरु गरेको उनको दाबी छ।
निवर्तमान श्रममन्त्री किसान श्रेष्ठले सार्वजनिक गरे ५६ बुँदे उपलब्धि (पूर्णपाठ) 

काठमाडौं, असार १३ : निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले आफ्नो कार्यकालमा भएका उपलब्धी सार्वजनिक गरेका छन् । 

सोमबार मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा निवर्तमान मन्त्री श्रेष्ठले ८ महिना २१ दिनको कार्यकालमा आफूले गरेका कामहरु सार्वजनिक गरेका हुन्। 

उनले छोटो समयमा युगान्तकारी परिवर्तन ल्याउने काम गरेको दाबी गरेका छन् । मन्त्रालयको जिम्मेवारीमा रहँदा कर्मचारीबाट पूर्ण रुपमा सहयोग पाएको श्रेष्ठले उल्लेख गरेका छन्। आफूलाई सहयोग गर्ने सबैमा धन्यवाद दिएका छन्। 

आफू मन्त्री बनेर आउँदा मन्त्रालयमा धेरै समस्या रहेकामा केही सुधारका कामहरु गरेको उनको दाबी छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरु सेवा लिन लाइन बस्नुपर्ने वाध्यता रहेकोमा छोटो अवधिमै पूर्ण रुपमा अनलाई सेवाको प्रभावकारी कार्यान्वयन हुनु ऐतिहासिक उपलब्धि रहेको उनको भनाई छ । 

त्यस्तै वैदेशिक रोजगारी सम्बन्धी सेवाहरुलाई छिटो, छरितो र पारदर्शी तथा प्रभावकारी बनाउन सूचना प्रविधिमार्फत सेवा प्रवाह गरिएको पनि उनले जानकारी दिएका छन्। उनले आफ्नो कार्यकालमा वैदेशिक रोजगारीमा व्याप्त बेथिति धेरै  हदसम्म हटेको दाबी गरेका छन्। 

यस्तो छ निवर्तमान मन्त्री श्रेष्ठले सार्वजनिक गरेका ५६ बुँदे उपलब्धी 

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्