महान्यायाधिवक्ता खातीले भने- आइजिपी नियुक्ति सरकारको विशेषाधिकार, सिंहको नियुक्ति नियमसंगत
काठमाडौं, असार १३ : महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्ति सरकारको विशेषाधिकार भएकाले सो पदमा धिरजप्रताप सिंहको नियुक्ति नियमसंगत रहेको जिकिर गरेका...
काठमाडौं, असार १३ : महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्ति सरकारको विशेषाधिकार भएकाले सो पदमा धिरजप्रताप सिंहको नियुक्ति नियमसंगत रहेको जिकिर गरेका छन्।
सर्वोच्च अदालतमा आइजिपी नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा जारी रहेको सुनुवाइमा सरकारको तर्फबाट बहस गर्दै महान्यायाधीवक्ता खातीले सबै एआइजी आइजीपी बन्न योग्य भए पनि सरकारले प्रहरी नियमावलीमा भएको ६ आधार र विशेषाधिकार प्रयोग गरेर धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको बताए ।
महान्यायाधिवक्ता खातीले भने, ‘प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्न सक्ने र आफूभन्दा मुनिकालाई प्रोत्साहन गर्न सक्नेसहित प्रहरी नियमावलीको नियम ४१ अनुसार ६ आधार भएकालाई सरकारले आईजीपी बनाउने हो। आइजिपी नियुक्ति सरकारको विशेषाधिकार हो। नियमसंगत नै बढुवा गरिएको हो।’
कायम मुकायम प्रधानन्यायाधीश दीपकुमार कार्की र प्रधानन्यायाधीश कुमार चुडालको इजलासमा उक्त मुद्दामा बसह भइरहेको छ। सरकारले गत वैशाख १८ गते आइजीपी नियुक्त गरेलगत्तै वरीयता मिचिएको भन्दै एआइजी पोखरेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।











