Kathmandu Press

एन्फाले भन्यो– विदेश विभागमा पाण्डेको नियुक्ति विधानसम्मत

काठमाडौं, असार १३ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नवीन पाण्डेलाई गरिएको नियुक्ति विधानसम्मत रहेको दाबी गरेको छ।एन्फाले आज (सोमबार) एक...
एन्फाले भन्यो– विदेश विभागमा पाण्डेको नियुक्ति विधानसम्मत

काठमाडौं, असार १३ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नवीन पाण्डेलाई गरिएको नियुक्ति विधानसम्मत रहेको दाबी गरेको छ।

एन्फाले आज (सोमबार) एक सूचना जारी गरेर पाण्डेको नियुक्ति संघको विधानअुनरुप नै भएको दाबी गरेको हो। एन्फा नवनिर्वाचित कार्यसमितिको गत असार ८ गते बसेको पहिलो बैठकले पाण्डेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नियुक्त गरेको थियो।

विदेशी नागरिकलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय विधानविपरीत रहेको भन्दै एन्फा नेतृत्वको चर्को आलोचना भएको थियो। 

एन्फाले आज त्यसको खण्डन गर्दै विदेशी नागरिक भए पनि संघबाट कुनै तलबसुविधा नलिइ स्वैच्छिक रूपमा सो पदमा रहने र खेलको विकासका लागि विदेशी नागरिकलाई प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको हुँदा पाण्डेको नियुक्ति विधानसम्मत रहेको बताएको हो। 

‘सर्वप्रथम संघको सो निर्णय दाबी गरेअनुरूपको विधानविपरित नभएको जानकारी गराउन चाहन्छौं। पाण्डेले यस संघबाट कुनै तलब सुविधा नलिइ स्वैच्छिक रूपमा सो पदमा रहने कुरा पनि जानकारी गराउँछौं,’ एन्फाले जारी गरेको सूचनामा भनिएको छ, ‘साथै संघको विधानको धारा २४ को ३ र ‘क’मा स्पष्टसँग गैरनेपाली नागरिक एन्फा वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनीत हुन सक्नेछैन भनेर व्याख्या गरिएको र फुटबल खेलको विकासका लागि मुख्य प्रशिक्षक प्रशिक्षकलगायत अन्य फुटबल प्राविधिक र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र गतिविधिका लगि विदेशी नागरिकलाई प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको हुदाँ कार्यसमितिको सो निर्णय विधान विपरित नरहेको कुराको पनि सबैमा जानकारीको लागि सूचित गर्दछौं।'

प्रकाशित मिति: १४:१२ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्