Kathmandu Press

आफूले अघि बढाएका कामलाई नयाँ मन्त्रीले निरन्तरता दिनेमा विश्वस्त छु : झाँक्री

काठमाडाैं, असार १३ : आफूले नीतिगत रुपमा अघि बढाएका विषयलाई नवनियुक्त मन्त्रीले निरन्तरता दिनेमा ढुक्क छु।निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले नीतिगत रुपमा...
आफूले अघि बढाएका कामलाई नयाँ मन्त्रीले निरन्तरता दिनेमा विश्वस्त छु : झाँक्री

काठमाडाैं, असार १३ : आफूले नीतिगत रुपमा अघि बढाएका विषयलाई नवनियुक्त मन्त्रीले निरन्तरता दिनेमा ढुक्क छु।

निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले नीतिगत रुपमा अघि बढाएका विषयलाई नवनियुक्त मन्त्रीले निरन्तरता दिनेमा ढुक्क रहेको बताएकी छन्।

मन्त्री पदबाट राजीनामा दिएको भोलिपल्ट (आज) उनले सामाजिक सञ्जालमार्फत त्यस्तो धारणा सार्वजनिक गरेकी हुन्। 

आफू मन्त्री रहँदाको अवधिसम्म सहयोग गर्ने पार्टी नेतृत्व, प्रधानमन्त्रीलगायत सबैप्रति धन्यवाद व्यक्त गर्न उनले फेसबुकमा लेखेको स्टाटसमा उनले नवनियुक्त सहरी विकासमन्त्री मेटमण िचौधरीलाई बधाई तथा शुभकामना दिँदै उनले आफूले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण गरेको दुईमत नभएको पनि बताएकी छन्।  

‘मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठुलो डिपास्चर हो भन्नेमा दुईमत छैन। 
साथै नवनियुक्त मन्त्रीजीले मैले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिनु नै हुनेछ भन्नेमा ढुक्क छु,’ उनले लेखेकी छन्।

मन्त्री पदमा रहँदा कार्यपालिका मात्र होइन, न्यायपालिका, व्यवस्थापिकाजस्ता राज्यका अंगहरूका प्रमुखज्यूहरूसँग सार्वजनिक सरोकारका विषयहरूमा पटकपटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएको उनले स्पष्ट पारेकी छन्। 

त्यसका परिणामहरू पनि आइरहेको र आइरहने दाबी उनले गरेकी छन्।

यस्ताे छ उनकाे फेसबुक स्टाटस    

मलाई सहरी विकास मन्त्रीको ज़िम्मेवारीमा सिफारिस गर्ने मेरो दल, दलका नेता कमरेड माधव कुमार नेपाल, गर्न सक्ने र केही गर्न खोज्ने मन्त्रीलाई प्रशस्त मौका र विश्वास गर्ने सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा, गठबन्धन दलका नेता कमरेड प्रचण्ड, उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायत नेताहरू, मन्त्रिपरिषदका मेरा सिनियर सहकर्मी मन्त्री दाइदिदीहरू, मुख्य सचिव, विभिन्न मन्त्रालय, विभिन्न आयोगका संगठनका सचिवहरू, मेरो मन्त्रालयका सचिव, जंगी, प्रहरी लगायत सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, मेरो मन्त्रालयका सहसचिवहरू, मातहत निकायका पदाधिकारीहरू, मेरो निजी सचिवालय, स्वकीय सचिवालयका सहकर्मीहरू प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु।

खास गरी मेरो मन्त्रालयको समग्र टिम जसले मलाई सहरी भाषा बोल्न सिकाउनुभयो, उहाँहरू प्रत्येकलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आफ्नो जिम्मेवारीमा कहिल्यै सम्झौता नगर्ने अंगरक्षक, व्यक्तिगत सुरक्षा अधिकारी, सहयोगी भाइबहिनी  सबैप्रति हार्दिक धन्यवाद।

मेरा शुभेच्छुक साथीहरू पत्रकार मित्रहरू विकास साझेदार संस्था र प्रतिनिधिहरू, निजी क्षेत्रका मेरा मार्गदर्शकहरू, मेरो पथप्रदर्शक मेरो श्रीमान, मेरो परिवार र मेरो सानो छोरा जसको समय मैले सार्वजनिक जीवनमा लगाएँ, सबैप्रति ऋणी छु।

मलाई आलोचना गरेर मौका दिने मेरो पार्टीका विभिन्न जनसंगठनका नेता तथा ‘कार्यकर्ताहरू’ प्रति हार्दिक हार्दिक धन्यवाद। सबै दल सम्बद्ध मेरा मित्रहरू तपाईहरूलाई सधैंसम्झिन्छु।

म प्रति आशावादी हुने सम्पूर्ण बुद्धिजीवी, पत्रकार र आम नागरिक हरूप्रति हार्दिक धन्यवाद। म तपाईंहरूको आशालाई निराश हुन दिनेछैन भन्ने संकल्प लिदै अगाडि बढ्नेछु ।

यो बीचमा कार्यपालिका मात्र होइन, न्यायपालिका, व्यवस्थापिका जस्ता राज्यका अंगहरूका प्रमुखज्यूहरूसँग सार्वजनिक सरोकारका विषयहरूमा पटकपटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएकी छु। त्यसका परिणामहरू आइरहेका छन्, आइरहनेछन्।

मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठुलो डिपास्चर हो भन्नेमा दुई मत छैन। 
साथै नवनियुक्त मन्त्रीजीले मैले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिनु नै हुनेछ भन्नेमा ढुक्क छु। साथै

माननीयन मन्त्री मेटमणी चौधरीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्