प्रज्ञा भवनमा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक जारी
काठमाडौं, असार १३ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद् बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समाजवादीको पहिलो केन्द्रीय परिषद्को सुरु...
काठमाडौं, असार १३ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद् बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समाजवादीको पहिलो केन्द्रीय परिषद्को सुरु भएको हो।
बैठकलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन्। बैठकमा देशभरबाट प्रतिनिधिहरु सहभागि छन्।
बैठकमा पार्टीको देशभर भएका साङ्गठानिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित एजेन्डामाथि छलफल हुने छ।
महासचिव डा बेदुराम भुसालका अनुसार हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमाथि पनि छलफल गरिनेछ । भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल हुने छ ।
प्रकाशित मिति: १३:२२ बजे, सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











