Kathmandu Press

पदभार ग्रहण गर्दै पर्यटनमन्त्री श्रेष्ठले गरे दुई महत्वपूर्ण निर्णय 

मन्त्री श्रेष्ठले स्वयम्भुदेखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण कार्य अगाडि बढाउने निर्णयमा हस्ताक्षर गरे ।
पदभार ग्रहण गर्दै पर्यटनमन्त्री श्रेष्ठले गरे दुई महत्वपूर्ण निर्णय 

काठमाडौं, असार १३  ः नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेका छन्। राष्ट्रपतिबाट शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेका हुन्। 

पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले महत्वपूर्ण दुई निर्णय गरेका छन् । 

मन्त्री श्रेष्ठले स्वयम्भुदेखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण कार्य अगाडि बढाउने निर्णयमा हस्ताक्षर गरे । स्वयम्भु–हनुमानढोका सम्पदा पदमार्गका लागि सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेटसमेत छुट्याएको छ ।

यसैगरी कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेश गर्ने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले जानकारी दिए । यस सम्बन्धमा विगतमा विभिन्न अध्ययन प्रतिवेदन भएको र अब कार्ययोजना नै बनाएर पेश गर्ने निर्णय भएको उनले बताए ।

 

प्रकाशित मिति: १३:०० बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्