Kathmandu Press

ब्राजिलियन स्ट्राइकर जिसस आर्सनल आउने

काठमाडाैं, असार १३ : ब्राजिलियन स्ट्राइकर गाब्रियल जिसस इंग्लिस क्लब आर्सनल आउने भएका छन्।२५ वर्षिय स्ट्राइकर जिससलाई आर्सननले अर्को इंग्लिस क्लब म्यान्चेस्ट सिटीबाट...
ब्राजिलियन स्ट्राइकर जिसस आर्सनल आउने

काठमाडाैं, असार १३ : ब्राजिलियन स्ट्राइकर गाब्रियल जिसस इंग्लिस क्लब आर्सनल आउने भएका छन्।

२५ वर्षिय स्ट्राइकर जिससलाई आर्सननले अर्को इंग्लिस क्लब म्यान्चेस्ट सिटीबाट ४५ मिलिनय पाउण्डमा अनुबन्धन गरेको हो। 

जिससको आर्सनल आउने पक्का भएपछि औपचारिक घोषणा हुन भने बाँकी छ। जिससलाई भित्र्याउन चेल्सी र टोटनहमले पनि चासो देखाएका थिए।

म्यान्चेस्टर सिटीले मुख्य स्ट्राइकरका रुपमा अर्लिङ हालान्डलाई भित्र्याएसँगै आगमी सिजन पर्याप्त मौका नपाउने देखेपछि जिससले सिटी छाड्न चाहेका थिए। यता, आर्सनलमा उनी मूख्य स्ट्राइकरका रुपमा रहनेछन्।

सन् २०१७मा ब्राजिलियन क्लब पाल्मिरसबाट २७ मिलियन पाउण्डमा सिटी आएका उनले सिटीका लागि २३६ खेलमा ९५ गोल गरेका छन्। ब्राजिलका लागि उनले ५६ खेलमा १९ गोल गरेका छन्।

जिसस यो सिजन आर्सनलले अनुबन्धन गरेका चौथो खेलाडी हुन्। यसअघि उसले युवा ब्राजिलियन मिडफिल्डर मार्किन्होस, म्याट टुर्नर र फाबियो भिएरालाई अनुबन्धन गरेको थियो।

प्रकाशित मिति: १२:५४ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्