Kathmandu Press

तीजगीतका नाममा अश्लील र अपाच्य गीत बनाउनेलाई कारवाही गर्ने प्रतिष्ठानको चेतावनी

तीजगीतका नाममा अश्लील र अपाच्य गीत बनाउनेलाई कारवाही गर्ने प्रतिष्ठानको चेतावनी

काठमाडौं, असार १३ : राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले तीजगीतमा अपाच्य र द्विअर्थी  शब्द प्रयोग नगर्न आग्रह गरेको छ। 

तीजलाई लक्षित गरी सार्वजनिक हुने कतिपय गीत तथा म्युजिक भिडियोहरुमा अपाच्य र द्विअर्थी शब्दको प्रयोग भएबारे श्रोताबाट वर्षेनी गुनासो र आलोचना आइरहेकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको प्रतिष्ठानले जनाएको छ। 

सोमबार जारी अपिलमा प्रतिष्ठानले तीजगीतका नाममा देखिएका विकृति, विसंगती र अभद्र श्रव्यदृश्यहरुप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न सम्पूर्ण स्रष्टा, सर्जक, गायक÷गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता तथा वितरकहरुमा  अनुरोध गरेको हो। 

प्रतिष्ठानले संस्थागत अपिललाई बेवास्ता गरी समाजमा अपाच्य हुने सिर्जनाहरु प्रस्तुत गरे साधारण सदस्यता लगायत सम्पूर्ण संस्थागत सेवा सुविधाबाट बन्चित गर्ने चेतावनी समेत दिएको छ। 


 

प्रकाशित मिति: १२:३० बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्