Kathmandu Press

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ 

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित समारोहकाबीच नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी हुन् ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ 

काठमाडौं, असार १३  ः  नेकपा (एकीकृत समाजवादी) बाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित समारोहकाबीच नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी हुन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई शपथ ग्रहण गराएका छन्। 

राष्ट्रपति भण्डारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणी चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीरा केसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाए।

शपथ ग्रहण समारोहमा राष्ट्रपति, प्रधामन्त्रीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा लगायतको उपस्थिति थियो।

एकीकृत समाजवादीको निर्णयअनुसार आइतबार प्रेम आले, किसान श्रेष्ठ, विरोध खतिवडा र रामकुमारी झाँक्री मन्त्रीबाट फर्किएका थिए । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ स्वास्थ्यमन्त्री बने। 

नवनियुक्त मन्त्रीहरुले आजै पदभार ग्रहण गर्नेछन्। 

 

प्रकाशित मिति: १२:०६ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्