Kathmandu Press

देशभर मनसुनी वायुको प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैं, असार १३ : मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान...
देशभर मनसुनी वायुको प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैं, असार १३ : मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनको प्रभाव रहेको छ। उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका पहाडी भूभागका धेरै र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

साथै, प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ। रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। 

मङ्गलबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, प्रदेश नं १, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

प्रकाशित मिति: १२:०२ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्