Kathmandu Press

चितवनमा पेस्तोलसहित युवक पक्राउ

भरतपुर, असार १३ : जिल्ला प्रहरी कार्यालय, चितवनले कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक...
चितवनमा पेस्तोलसहित युवक पक्राउ

भरतपुर, असार १३ : जिल्ला प्रहरी कार्यालय, चितवनले कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन्।

उनको कोठामा शङ्का लागि जाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यस घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ०८:५८ बजे, सोमबार, असार १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्