हैजाको उपचारका लागि पाटन अस्पतालमा छुट्टै डेस्क
काठमाडौं, असार १३ : हैजाको उपचारका लािग ललितपुरको पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क स्थापना गरिने भएको छ।काठमाडौं उपत्यकाका विभिन्न नौ स्थानमा हैजाका बिरामी...
काठमाडौं, असार १३ : हैजाको उपचारका लािग ललितपुरको पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क स्थापना गरिने भएको छ।
काठमाडौं उपत्यकाका विभिन्न नौ स्थानमा हैजाका बिरामी भेटिएका छन्। विशेष गरेर खानेपानीमा हैजाका जिवाणु पाइएका छन्। त्यसैले यसबाट बच्न सतर्कता अपनाउन थालिएको छ।
यसका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ।
जिल्लाका सुरक्षा अधिकारी, पालिका, जनस्वास्थ्य अधिकृत, काठमाडौ उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्याङ्कर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो लक्षणको स्वास्थ्य समस्याको उपचारका गर्न पाटन अस्पताललाई तोकेको हो।
यससँगै बिरामीको सहजताका लागि पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क राखिने जिल्ला प्रशासन कार्यालय, ललितपुरले जनाएको छ। हैजासँग मिल्दोजुल्दो लक्षण देखिएमा पाटन अस्पतालमा सेवा लिन आग्रह गरिएको छ।











