Kathmandu Press

आज एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक

काठमाडौं, असार १३ : नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक आज काठमाडौंमा बस्दै छ।काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा केन्द्रीय परिषद् बैठक शुरु...
आज एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक

काठमाडौं, असार १३ : नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक आज काठमाडौंमा बस्दै छ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा केन्द्रीय परिषद् बैठक शुरु हुने भएको छ। बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले बताए।

त्यसैगरी पार्टीका महासचिव डा. बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ। मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी सो पार्टी स्थापना गरिएको, कम्युनिष्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे प्रतिवेदनमा उल्लेख छ।

देशभरबाट करिब एक हजार पाँच सय जना सहभागी हुने परिषद् बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नेछन्।

यसअघि आइतबार एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ। केन्द्रीय कमिटी बैठकले तय गरेका अजेन्डामाथि केन्द्रीय परिषद् बैठकमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ०८:०४ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्