Kathmandu Press

देशभर पुग्यो मनसुन, मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, असार १३ : पूर्वी नेपालबाट भित्रिएको मनसुन सुदूरपश्चिम पुगेको छ। आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागको...
देशभर पुग्यो मनसुन, मेघ गर्जनसहित वर्षाको सम्भावना
फाइल फोटो

काठमाडौं, असार १३ : पूर्वी नेपालबाट भित्रिएको मनसुन सुदूरपश्चिम पुगेको छ। आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसले गर्दा देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभरका पहाडी भूभागका धेरै स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०७:२१ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्