Kathmandu Press

एकीकृत समाजवादीका नयाँ मन्त्रीको शपथ आज

काठमाडौं, असार १३ : नेकपा (एकीकृत समाजवादी) बाट नयाँ नियुक्त भएका मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा...
एकीकृत समाजवादीका नयाँ मन्त्रीको शपथ आज

काठमाडौं, असार १३ : नेकपा (एकीकृत समाजवादी) बाट नयाँ नियुक्त भएका मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार चार जना मन्त्री र एक राज्य मन्त्री नियुक्त गरेकी थिइन्।

एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जीवनराम श्रेष्ठ, शहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर नियुक्त भएका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरिएको छ।

उनीहरुलाई आज पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ।

एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भए पनि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का मन्त्री भने यथावत छन्। तीनै पार्टीमा पनि हेरफेर गर्न दबाब परेको छ।

प्रकाशित मिति: ०६:४५ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्