नवनियुक्त मन्त्रीहरुले साेमबार सपथ लिने
काठमाडाैं, असार १२ : नवनियुक्त मन्त्रीहरुले साेमबार सपथ लिने भएका छन। राष्ट्रपति कार्यालयका अनुसार साेमबार ११ बजेका लागि सपथको तयारी गरिएकाे छ।प्रधानमन्त्री शेरबहादुर...
काठमाडाैं, असार १२ : नवनियुक्त मन्त्रीहरुले साेमबार सपथ लिने भएका छन। राष्ट्रपति कार्यालयका अनुसार साेमबार ११ बजेका लागि सपथको तयारी गरिएकाे छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार साँझ नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका मन्त्रीको हेरफेर गरेका थिए।
जसमा एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्।
प्रकाशित मिति: २०:२४ बजे, आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











