'हैजाकाे प्रकाेप फैलन नदिन पानी उमालेर पिउनुहाेस'
काठमाडाैं, असार १२ : काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहले जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने बताएका छन।काठमाडौँमा हैजाको प्रकोप फैलिन नदिन...
काठमाडाैं, असार १२ : काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहले जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने बताएका छन।
काठमाडौँमा हैजाको प्रकोप फैलिन नदिन नागरिकलाई पानी उमालेर मात्र प्रयोग गर्न अपिल गर्दै उनले स्वास्थ्यमा सम्झाैता नगर्ने बताएका हुन।
‘जुनसुकै स्रोतको भए पनि पानी उमालेर मात्र । स्वास्थ्यमा कुनै गडबडी देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला। महानगरले आफ्नोतर्फबाट गर्नु पर्ने कामहरु अगाडि बढाइरहेको छ।’ उनले भनेका छन।
हाल काठमाडाैंकाे २८ नम्बर वडाको बागबजार र २९ को डिल्लीबजार क्षेत्रकाे पानीमा हैजाका जीवाणु भेटिएका छन। जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीकाअनुसार, काठमाडौँ महानगरका २ जना गरी उपत्यकाका १२ जना विरामी अस्पतालमा हैजाको उपचार गराइरहेका छन्।
हैजाका जीवाणु देखिएका ठाउँहरुबाट महानगरले पानीको नमूना लिएर परीक्षण गर्ने, पानीको स्रोत र ढल निकासको अवस्था निरीक्षण तथा सुधार गर्ने, सचेतनाका लागि घरदैलो कार्यक्रम गर्ने कार्यक्रम गरिरहेको छ।











