Kathmandu Press

अध्यक्ष नेपाललाई सन्यास लिएर बस्न सुझाव सचिव भट्टराईकाे सुझाव

काठमाडाैं, असार १२ : नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन्।आइतबार...
अध्यक्ष नेपाललाई सन्यास लिएर बस्न सुझाव सचिव भट्टराईकाे सुझाव

काठमाडाैं, असार १२ : नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपालले राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको बताएका हुन।

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले १० बुँदे सहमति गरेर एमालेमै बसेका नेताहरु दास बनेको टिप्पणी गरेका थिए।

‘उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँडुनभएको छ, त्यो असम्भव कुरा हो। असम्भव कुरामा दौडिने नभई आफ्ना गल्तीहरुलाई रिलाइजेसन गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने, सन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन’ उनले भने, ‘माधव नेपाल सन्यासी भएर बस्ने हो, मुख छोड्दै हिँड्ने होइन। उहाँलाई मुख छोड्दा त्यो भन्दा धेरै मुख छोड्न सकिन्छ।’

प्रकाशित मिति: १९:५५ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्