Kathmandu Press

मन्त्रिमण्डल हेरफेर, को-को बने नयाँ मन्त्री (सूचीसहित) 

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार देउवाले चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका छन् ।
मन्त्रिमण्डल हेरफेर, को-को बने नयाँ मन्त्री (सूचीसहित) 

काठमाडौं, असार १२ : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डलमा हेरफेर गरेका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार देउवाले चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहायअनुसार नियुक्ति र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसअनुसार जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् । त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार (भोली) हुने बुझिएको छ ।

पार्टीबाट सरकारमा सहभागी मन्त्रिहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गर्दै एकीकृत समाजवादीले जेठ २२ गते नै प्रधानमन्त्री देउवालाई पत्र पठाएतापनि बजेट अधिवेशनका कारण मन्त्री परिवर्तन भएका थिएनन् ।  

प्रकाशित मिति: १९:०९ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्