Kathmandu Press

साथीले चलाएकाे गाेली लागेर सिरहामा एक जना घाइते

काठमाडाैं, असार १२ : सिरहाको लहानमा साथीले चलाएको गोली लागेर एक जना घाइते भएका छन। लहान नगरपालिका-२२ बेल्ही जटियाहीका युवक दिलिप मुखियाँ साथीले...
साथीले चलाएकाे गाेली लागेर सिरहामा एक जना घाइते

काठमाडाैं, असार १२ : सिरहाको लहानमा साथीले चलाएको गोली लागेर एक जना घाइते भएका छन। लहान नगरपालिका-२२ बेल्ही जटियाहीका युवक दिलिप मुखियाँ साथीले चलाएकाे गाेली लागि घाइते भएका हुन।

जिल्ला प्रहरी कार्यालयकाे अनुसार दिलिपको पेटमा गोली लागेको छ भने उनलाई उपचारको लागि धरान लगिएको छ।

घटनापछि प्रहरीले १९ वर्षीय शुशान्त चौधरी र लिलिप मुखियाँलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले घ‍टनास्थलबाट एक थान पेस्तोल, ७.५ एमएम लेखिएको ५ राउण्ड गोली, १ थान म्‍याग्जिन र १ थान गोलीको खोका बरामद गरेको छ।

पक्राउ परेकामाथिथप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रकाशित मिति: १८:५९ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्