Kathmandu Press

सहरी विकास मन्त्री झाक्रीले दिइन् भावुक हुँदै राजीनामा

मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी थिईन् । उनी कार्यक्रम सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछेकी हुन् ।
सहरी विकास मन्त्री झाक्रीले दिइन् भावुक हुँदै राजीनामा

काठमाडौं, असार १२ : सहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएकी छन्। आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी झाक्रीले राजीनामा दिएकी हुन्। 

मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी थिईन् । उनी कार्यक्रम सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछेकी हुन् ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राजीनामा दिईसकेका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन्। 

प्रकाशित मिति: १८:२२ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्