Kathmandu Press

राजीनामा पनि दिन्नँ, पत्रकार सम्मेलन पनि गर्दिनँ : मन्त्री श्रेष्ठ

काठमाडौं, असार १२ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्नेबित्तिकै स्वतः मन्त्री पद गुम्ने भएकाले पत्रकार...
राजीनामा पनि दिन्नँ, पत्रकार सम्मेलन पनि गर्दिनँ : मन्त्री श्रेष्ठ

काठमाडौं, असार १२ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्नेबित्तिकै स्वतः मन्त्री पद गुम्ने भएकाले पत्रकार सम्मेलन गरेर राजीनामा दिइरहनुपर्ने आवश्यकता नरहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले मन्त्री पार्टीले बनाएको र फिर्ता पनि पार्टीले बोलाएको हुँदा पत्रकार सम्मेलन गरेर तिललाई पहाड बनाउन नहुने बताए। उनले राजीनामा पनि नदिने पत्रकार सम्मेलन पनि नगर्ने बताए।

‘पुनर्गठन प्रधानमन्त्रीले गर्ने हो। जहिले छोड भन्यो त्यही दिन छाड्ने हो,’ उनले भने, ‘मन्त्रिमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीलाई हो। उहाँले पुनर्गठन गर्नेबित्तिकै स्वतः हटिहालिन्छ। यहाँ तिललाई पहाड बनाउने काम भयो।’

मन्त्रीबाट पदबाट राजीनामा दिएको पत्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई बुझाएका प्रेम आले पत्रकार सम्मेलन गरिरहेका छन्।

त्यस्तै मन्त्री रामकुमारी झाँक्रीले पनि पत्रकार सम्मेलन गरेर मन्त्री पदबाट राजीनामा दिने बतानएकी छन्।

प्रकाशित मिति: १७:५७ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्