Kathmandu Press

इलाममा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं, असार १२ इलामको माङसेबुङ गाउँपालिका–२ दहगाउँमा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।आइतबार दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक आउँदै...
इलाममा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं, असार १२ इलामको माङसेबुङ गाउँपालिका–२ दहगाउँमा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

आइतबार दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक आउँदै गरेको मे१ज ४८७ नम्बरको बोलेरो अनियन्त्रित भइ सडकबाट २ सय मिटर तल खसेको थियो।

मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र माङसेबुङ गाउँपालिका–६ का ५० वर्षीय प्रकाश राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

गम्भीर घाइते भएकी पदमकुमारीको उपचारका लागि दमक अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भए पनि अन्य दुईको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। 

बोलेरो चालक तत्काल फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:३७ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्