Kathmandu Press

एथलेटिक्स : १८ स्वर्ण, १२ रजत र ५ कांस्यसहित पहिलाे स्थानमा आर्मी

काठमाडाैं, असार १२ : नेपाल आर्मी ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ। आर्मीले १८ स्वर्ण, १२ रजत र ५ कांस्य...
एथलेटिक्स : १८ स्वर्ण, १२ रजत र ५ कांस्यसहित पहिलाे स्थानमा आर्मी

काठमाडाैं, असार १२ : नेपाल आर्मी ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ। आर्मीले १८ स्वर्ण, १२ रजत र ५ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो।

नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा एपीएफ क्लब ९ स्वर्ण, ६ रजत ८ कांस्यसाथ दोश्रो भयो। तेश्रो स्थानको बाग्मती प्रदेशले ३ स्वर्ण, २ रजत र ६ कांस्य हात पार्‍यो।

३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी २ स्वर्ण नेपाल प्रहरी क्लबले जित्यो। प्रहरीले ३ रजत र ४ कांस्य पनि हासिल ग¥यो। सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे।

प्रतियोगिताको पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा च्याम्पियन टोली आर्मीकी जयरानी थारु उत्कृष्ट खेलाडी घोषित भए। शिवराजले ३ स्वर्ण र १ रजत जिते। जयरानीले २ कीर्तिमानीसहित ४ स्वर्ण कब्जा  गरिन्।

जयरानीको नाममा थप १ रजत पनि रह्यो। जयरानीले १ सय र ४ सय मिटर हर्डल्समा कीर्तिमान रचेकी थिइन्। प्रतियोगितामा कुल ३ राष्ट्रिय कीर्तिमान बने। थप १ कीर्तिमान आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा बनाएका थिए। जीवनले १ कीर्तिमानीसहित २ स्वर्ण र उत्तिनै रजत हात पारे।

प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि ५ हजार नगद पुरस्कार प्रदान गरियो। विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा २ सय ४० खेलाडीको सहभागिता रहेको संघले जनाएको छ।

प्रकाशित मिति: १७:१० बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्