Kathmandu Press

उपत्यकामा १२ जनामा हैजा पुष्टि, सतर्कता अपनाउन आग्रह

काठमाडाैं, असार १२ : पछिल्लो समय काठमाडौं उपत्यकामा धमाधम हैजाका बिरामी बढ्न थालेका छन्।यसैबीच काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको छ। स्वास्थ्य...
उपत्यकामा १२ जनामा हैजा पुष्टि, सतर्कता अपनाउन आग्रह

काठमाडाैं, असार १२ : पछिल्लो समय काठमाडौं उपत्यकामा धमाधम हैजाका बिरामी बढ्न थालेका छन्।

यसैबीच काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकाका विभिन्न स्थानका १२ जनामा हैजा पुष्टि भएको जानकारी दिएको छ।

महाशाखाका अनुसार डिल्लीबजार, बागबजार, कपन, थानकोट, बल्खु, नैकाप, सानेपालगायत स्थानमा पनि हैजा देखिएको हो।

गत असार २ गते पनि टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा हैजाको जीवाणु फेला परेको थियो। उनीहरू बागबजारस्थित एकै परिवारका सदस्य हुन्।

फरकफरक ठाउँबाट हैजाका बिरामी भेटिएपछि उपत्यकामा हैजा फैलिएको हुन सक्ने आशंका गरिएको छ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा रोगको रोकथाम तथा नियन्त्रणको लागि सतर्क रहन आग्रह गर्नुका साथै हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनेको छ।

गर्मी तथा वर्षायाममा झाडापखालाका, हैजालगायत रोगहरू फैलने सम्भावना बढी हुने भएकाले सबैलाई सजगता अपनाउन, पानी उमालेर मात्रै खान, सकेसम्म घरबाहिर नखान, सरसफाइमा ध्यान दिन र घरमा कसैलाई हैजाको लक्षण देखिए परिवारका अरू सदस्य पनि सचेत रहन महाशाखाले सचेत गराएको छ। 

नेपाली टिम सन्दीप लामिछाने र रोहितकुमार पौडेल, कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, सोमपाल कामी, अदिल अन्सारी, वासिर अहमद, किशोर महतो, पवन सरार्फ, विनोद भण्डारी।

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्