राष्ट्रिय नेपाली टिम : पवन र वासिर इन, सुनिल, सागर र सुसन आउट
काठमाडाैं, असार १२ : नेपाल आर्मी ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ। आर्मीले १८ स्वर्ण, १२ रजत र ५...
काठमाडाैं, असार १२ : नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्डमा आयोजना हुने विश्वकप लिग–२ अन्र्तगतको सिरिजका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ।
क्यानले आइतबार सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो। अमेरिका भ्रमणमा रहेको टिममा केही परिवर्तन गर्दै क्यानले स्कटल्यान्डमा हुने कस्टल्यान्ड र नामिबियाविरुद्धको सिरिजका लागि टिम घोषणा गरेको हो।
क्यानले घोषणा गरेको टिममा अलराउन्डर पवन सर्राफले पुनरागमन गर्दा अर्का युवा अलराउन्डर वासिर अहमदले पहिलो पटक एकदिवसीय टिमा स्थान बनाएका छन्।
क्यानले अमेरिका र ओमानविरुद्धको त्रिकोणात्मक सिरिजमा रहेका स्पिनरद्वय सागर ढकाल र सुशन भारी तथा अलराउन्ड सुनिल धमलालाई टिमबाहिर राखेको छ। नेपालले स्कटल्यान्ड भ्रमणअघि क्यानडासँग २ खेलको एकदिसीय सिरिज खेल्ने तालिका छ।
यस्तै, नेपाली टिमले स्थानीय क्लबसँग एक अभ्यास खेल्न पनि खेल्ने छ। सिरिज ४ र ५ जुलाइमा हुनेछ । त्यसअघि नेपालले जुलाई १ मा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ। विश्वकप लिग–२ अन्तर्गत नेपालले जुलाई ११ मा नामिबियासँग खेल्ने छ भने जुलाई १३मा स्कटल्यान्ड, जुलाई १६मा नामिबिया र जुलाई १७मा स्कटल्यान्डसँग खेल्नेछ।
नेपाली टिम सन्दीप लामिछाने र रोहितकुमार पौडेल, कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, सोमपाल कामी, अदिल अन्सारी, वासिर अहमद, किशोर महतो, पवन सरार्फ, विनोद भण्डारी।
नेपाल आर्मी ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ। आर्मीले १८ स्वर्ण, १२ रजत र ५ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो।











