Kathmandu Press

एमालेको अवरोधपछि बाग्मती प्रदेशसभा बैठक स्थगित 

काठमाडौं, असार १२ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि बाग्मती प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आगामी आर्थिक  वर्षका लागि प्रदेश...
एमालेको अवरोधपछि बाग्मती प्रदेशसभा बैठक स्थगित 

काठमाडौं, असार १२ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि बाग्मती प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आगामी आर्थिक  वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी भएको भन्दै एमालेले बैठक अवरोध गरेको थियो । 

एमाले बाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले आफ्नो माग सुनुवाई नभए बैठक चल्न नदिने बताएपछि सभामुख सानुकुमार श्रेष्ठले भोलि ११ बजेसम्मका लागि बैठक स्थागित गरेका हुन्। 

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिइ अन्य जिल्लालाई उपेक्षा गरिएको एमालेको आरोप छ। 

सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधकेयलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाएका हुन् ।

एमालेको प्रदेश संसदीय दलको बैठकले नै बजेटको विभेदकारी नीतिविरुद्ध प्रदेशसभा अवरुद्ध गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्