बजेट विभेदकारी रहेको भन्दै एमालेद्वारा बाग्मती प्रदेशसभा बैठक अवरुद्ध
काठमाडौं, असार १२ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले बाग्मती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट विभेदकारी रहेको र...
काठमाडौं, असार १२ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले बाग्मती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट विभेदकारी रहेको र न्यायोचित रुपमा जिल्लाहरु नसमेटिएको भन्द एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो।
बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिइ अन्य जिल्लालाई उपेक्षा गरिएको एमालेको आरोप छ।
सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधकेयलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाएका हुन् ।
एमालेको प्रदेश संसदीय दलको बैठकले नै बजेटको विभेदकारी नीतिविरुद्ध प्रदेशसभा अवरुद्ध गर्ने निर्णय गरेको हो।
प्रकाशित मिति: १५:३० बजे, आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











