मन्त्री आलेले आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने
काठमाडौं, असार १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले आज साँझ ५ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका छन्।आफूसम्बद्ध पार्टी नेकपा...
काठमाडौं, असार १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले आज साँझ ५ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका छन्।
आफूसम्बद्ध पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामापत्र बुझाएका उनले आफ्नो कार्यकालभर भएगरेका कामकारबाहीबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेकाे जनाइएकाे छ।
मन्त्री हेरफेरबारे जेठ २२ गते नै गरिएको निर्णय कार्यान्वयन नहुँदा नेकपा एसमा उत्पन्न विवाद पेचिलाे बन्दै गएपछि मन्त्री आलेले शुक्रबारको पोलिटब्युरो बैठकमा ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए।
आज संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग उनले पार्टी अध्यक्ष नेपाललाई राजीनामापत्र बुझाएको तर पार्टीका अरू मन्त्रीले राजीनामा दिएनदिएको भन्ने थाहा नभएको उनले बताए।
उनले आफूले पाएको समयमा राम्रो काम गरेको समेत दाबी गरे।
प्रकाशित मिति: १५:२३ बजे, आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











