Kathmandu Press

पृथ्वीराजमार्ग पुनः अवरुद्ध

मुग्लिन, असार १२ : पृथ्वी राजमार्ग पुनः अवरुद्ध  भएको छ। पहिरो हटाई दुईतर्फी  सञ्चालनमा ल्याइएको केहीबेरमै पुनः पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको...
पृथ्वीराजमार्ग पुनः अवरुद्ध

मुग्लिन, असार १२ : पृथ्वी राजमार्ग पुनः अवरुद्ध  भएको छ। पहिरो हटाई दुईतर्फी  सञ्चालनमा ल्याइएको केहीबेरमै पुनः पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो।

 चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोला नजिकै १२ः१० बजे खसेको सुख्खा  पहिरो पञ्छाई २ बजेबाट सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो। 

सडक सञ्चालनमा आएको केही छिनमै पुनः सोही ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको  इलाका  प्रहरी  कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए।

उनका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ।   

प्रकाशित मिति: १५:०४ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्