Kathmandu Press

खेल क्षेत्रलाई उद्यमका रुपमा अगाडि बढाउन राज्यले प्राथमिकता दिने : मन्त्री गहतराज

काठमाडाैं, असार १२ : खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल क्षेत्रलाई उद्यमका रुपमा अगाडि बढाउने सन्दर्भमा राज्यले प्राथमिकताका साथ ध्यान दिने बताएका छन्।आइतबार राष्ट्रियसभा बैठकमा...
खेल क्षेत्रलाई उद्यमका रुपमा अगाडि बढाउन राज्यले प्राथमिकता दिने : मन्त्री गहतराज

काठमाडाैं, असार १२ : खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल क्षेत्रलाई उद्यमका रुपमा अगाडि बढाउने सन्दर्भमा राज्यले प्राथमिकताका साथ ध्यान दिने बताएका छन्।

आइतबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गहतराजले बजेटबाट निर्धारित कार्यक्रम पारदर्शी एवं प्रभावकारी ढङ्गबाट सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

उनले खेल क्षेत्रलाई आर्थिक उत्पादनसँगै, शिक्षा, स्वास्थ्यसँग अन्तरनीहित र निर्भर गराएर त्यसको विकास गर्ने विषयमा राज्यको ध्यान जानुपर्ने जिकिर गरे।

खेलकुद र खेलाडीको संरक्षण तथा विकासका लागि यसै आर्थिक वर्षदेखि खेलकुद बीमाको व्यवस्था गरिएको उनले जानकारी दिए। उनले दुर्घटनामा परेका खेलाडीको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्था गरिएको प्रस्ट पारे।

उनले खेलकुद र खेलाडीको निकास विद्यालय तहदेखि नै गर्ने उद्देश्यले खेलकुद उद्यमस्थलका रुपमा विकास गर्न यसै आर्थिक वर्षदेखि नमुनाका रुपमा ‘एक विद्यालय, एक क्लब’ कार्यक्रमको प्रस्ताव गरिएको जानकारी दिए। 

प्रकाशित मिति: १५:०० बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्