Kathmandu Press

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिलाकाे उम्मेदवारी हुनुपर्ने कानुनी व्यवस्था गरियाेस् : रेखा शर्मा

काठमाडौं, असार १२ : माओवादी केन्द्रकी सांसद रेखा शर्माले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी कम्तीमा ३३ प्रतिशत पुर्‍याइनुपर्ने बताएकी छन्। त्यसका...
प्रत्यक्षतर्फ ३३ प्रतिशत महिलाकाे उम्मेदवारी हुनुपर्ने कानुनी व्यवस्था गरियाेस् : रेखा शर्मा

काठमाडौं, असार १२ : माओवादी केन्द्रकी सांसद रेखा शर्माले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी कम्तीमा ३३ प्रतिशत पुर्‍याइनुपर्ने बताएकी छन्। त्यसका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई उनले आग्रह गरिन्।

प्रतिनिधिसभाको आज (आइतबार) को बैठकको विशेष समयमा बोल्दै उनले हाल विद्यमान रहेको निर्वाचन प्रणालीको तत्काल विकल्प नरहेको र विगतका निर्वाचनमा दलहरुले प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी पर्याप्त मात्रामा दिन नसकेको बताइन्।

नेपालमा मिश्रित निर्वाचन प्रणाली रहेको र त्यसमा समानुपातिक निर्वाचन प्रणाली महिलाका लागि र प्रत्यक्ष निर्वाचन प्रणाली भनेको पुरुषका लागि भन्ने सन्देश गएको बताउँदै उनले भनिन्, ‘त्यो आफैंमा बेठीक हो। समानुपातिकतर्फबाट पुरुषहरु पनि आउनसक्ने, प्रत्यक्षतर्फबाट महिला पनि आउनसक्ने व्यवस्था हुनु जरुरी छ।’

प्रदेश र संघीय निर्वाचन ऐन बनाउने क्रममा सबै दलका महिला सांसदले संशोधनका लागि प्रस्ताव गरे भए पनि हतारमा कानुन बनाइँदा संशोधनलाई ऐनमा समेट्न नसकिएको उनले बताइन्।

‘जसरी समानुपातिकतर्फ ५० प्रतिशत महिला हुनैपर्ने बाध्यात्मक व्यवस्थालाई प्रत्यक्षतर्फ पनि लागु गर्न कानुनी व्यवस्था नभएको उल्लेख गर्दै उनले भनिन्,  ‘प्रत्यक्षतर्फ महिलाहरूको सिट घटिरहँदा, उम्मेदवारी घटिरहँदा मिश्रित निर्वाचन प्रणाली, समानुपातिक निर्वाचन प्रणालीको मर्म पूरा हुन सकेको छैन।’

अहिलेको निर्वाचन प्रणालीअनुसार निष्ठाको राजनीति गर्ने राजनीतिज्ञ, महिला, दलितलगायत उत्पीडित समुदायका मान्छे चुनाव लड्न नसक्ने स्थिति सिर्जना भएको उनले बताइन्। यसबारे छलफल र बहस गर्दै जानुपर्ने अवस्था रहेको उनले बताइन्।

प्रकाशित मिति: १४:२३ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्