Kathmandu Press

प्रवासी नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्न जनमोर्चाको आग्रह 

काठमाडौं, असार १२ : राष्ट्रिय जनमोर्चाले आगामी संघ र प्रदेशको निर्वाचनमा प्रवासी नेपालीले पनि मतदान गर्न पाउनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबारको...
प्रवासी नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्न जनमोर्चाको आग्रह 
फाइल तस्बिर

काठमाडौं, असार १२ : राष्ट्रिय जनमोर्चाले आगामी संघ र प्रदेशको निर्वाचनमा प्रवासी नेपालीले पनि मतदान गर्न पाउनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै जनमोर्चाकी सांसद दुर्गा पौडेलले ठूलो संख्याका नेपालीहरु प्रवासमा रहेका कारण उनीहरुलाई पनि मताधिकार प्रयोग गर्न पाउने गरी व्यवस्था हुनुपर्ने माग गरेकी हुन्। 

सर्वोच्च अदालतले प्रवासी नेपालीहरुलाई पनि मतदान गर्न पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको भएपनि अहिलेसम्म कार्यान्वयन नहुँदा कैयौं नागरिकहरु आफ्ना मताधिकारबाट बञ्चित हुनुपरेको पौडेलले बताइन्। प्रवासी नेपालीलाई मतदानको अधिकार दिन ऐन नै बनाएर जान आवश्यक रहेको उनको भनाई छ । 

सांसद पौडेलले प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी कम देखिएको प्रति पनि असन्तुष्टि जनाएकी छन् । संविधानले व्यवस्था गरेअनुरुप निर्वाचनमा महिला सहभागिता अत्यन्त न्यून देखिएको बताउँदै पौडेलले आगामी संघीय निर्वाचनबाट महिलाको सहभागितालाई बढाउन आवश्यक रहेको उनले बताइन् । महिला महिला बीच प्रतिस्पर्धा गराएर महिला नै चुनाव जितेर आउन सक्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरिन्। 

कानुनमा भएपनि वास्वविकतामा महिलासँग सम्पत्तिको अधिकार नहुने हुँदा प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता कम देखिएको उनले बताए । स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धनका कारण पनि महिलाको सहभागिता कम हुन पुगेको उनले बताइन् । 
 
 

प्रकाशित मिति: १४:२१ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्