Kathmandu Press

महाभियोग प्रस्तावमाथिकाे प्रक्रिया तत्काल अगाडि बढाइयोस् : खगराज अधिकारी

काठमाडौं, असार १२ : प्रमुख प्रतिपक्ष दल एमालेका सांसद खगराज अधिकारीलेले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावलाई अघि बढाउन माग गरेका...
महाभियोग प्रस्तावमाथिकाे प्रक्रिया तत्काल अगाडि बढाइयोस् : खगराज अधिकारी

काठमाडौं, असार १२ : प्रमुख प्रतिपक्ष दल एमालेका सांसद खगराज अधिकारीलेले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावलाई अघि बढाउन माग गरेका छन्।

आज (आइतबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याएका हुन्।

महाअभियोगको प्रस्ताव समितिमा नलैजानु सबैको असक्षमता भएको र त्यसको साक्षी प्रतिनिधिसभा बन्न नहुने तर्क गरे।

‘महाभियोग प्रस्तावलाई आजै समितिमा लगेर छानबिन र सुनुवाइ गर्ने प्रक्रिया थालियोस्,’ उनले भने, ‘महाअभियोग प्रस्ताव अघि नबढे संविधानको चरम दुरुपयोग भएको ठहर हुनेछ।’

प्रधानन्यायधिश सिंहदरबारको एउटा र सर्वोच्चको अर्को भन्ने जनगुनासो रहेको उनको भनाइ छ।

प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। तर त्यसको थप प्रक्रिया भने अघि बढ्न सकेको छैन। महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा छन्।

प्रकाशित मिति: १४:०९ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्