Kathmandu Press

संघीय निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्छ : भुसाल 

काठमाडौं, असार १२ : नेपाली कांग्रेस संसदीय दलकी  सचेतक पुष्पा भुसालले आगामी संघीय निर्वाचनमा कुल निर्वाचन क्षेत्रको ५० प्रतिशत स्थानमा महिलालाई उम्मेदवार बनाउनुपर्ने बताएकी...
संघीय निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्छ : भुसाल 

काठमाडौं, असार १२ : नेपाली कांग्रेस संसदीय दलकी  सचेतक पुष्पा भुसालले आगामी संघीय निर्वाचनमा कुल निर्वाचन क्षेत्रको ५० प्रतिशत स्थानमा महिलालाई उम्मेदवार बनाउनुपर्ने बताएकी छन् । 

संसदमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न निर्वाचनमा ५० प्रतिशत स्थानमा महिलाको उम्मेदवारी सुनिश्चित गराउन सरकारलाई आग्रह गरेकी हुन्। 

उनले स्थानीय तह निर्वाचनबाट उल्लेख्य संख्यामा महिलाको उम्मेदवारी नपरेको र गठबन्धनका कारण महिला सहभागिता न्यून देखिएको बताइन् । आगामी संघ र प्रदेशको निर्वाचनमा संविधानअनुसार महिला सहभागिताको सुनिश्चि हुनेगरी व्यवस्था गर्न आग्रह गरिन् । 

चुनावको माहोल बन्दै जाँदा महिलाले नेतृत्वको अवसर पाउने कि नपाउने भन्ने विषयमा चुनौतिपूर्ण बनेको बताउँदै सबै राजनीतिक दल र सरकार यसप्रति गम्भिर हुनुपर्ने बताइन्। संविधानले हरेक क्षेत्रमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने भनेपनि कार्यान्वयन नभएको उनको गुनासो छ। 
 

प्रकाशित मिति: १४:०२ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्