पर्यटनमन्त्री प्रेम आलेले माधव नेपाललाई बुझाए राजीनामा पत्र
एकीकृत समाजवादी पार्टीभित्र मन्त्रि हेरफेरको विषय पेचिलो बन्दै गएपछि शनिबार ४८ घन्टाभित्र राजीनामा दिने बताएका थिए । सोही अनुरुप आइतबार पार्टी अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाइएको मन्त्री आलेको सचिवालयले जनाएको छ।
काठमाडौं, असार १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् ।
एकीकृत समाजवादी पार्टीभित्र मन्त्रि हेरफेरको विषय पेचिलो बन्दै गएपछि शनिबार ४८ घन्टाभित्र राजीनामा दिने बताएका थिए । सोही अनुरुप आइतबार पार्टी अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाइएको मन्त्री आलेको सचिवालयले जनाएको छ।
आलेको राजीनामा पत्रका विषयमा अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग छलफल गरेर अगाडि बढ्ने छन् । एकीकृत समाजवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् । पार्टीको सचिवालय बैठकले मन्त्रि हेरफेर गर्ने निर्णय गरेपछि सांसदहरुले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल चलिरहेको अवस्थामा मन्त्रीले जवाफ दिन नपाउँदै राजीनामाको विषय ल्याइएको भन्दै सांसदहरुले विरोध जनाएका थिए ।
पर्यटनमन्त्री आले, स्वास्थ्यमन्त्री विरोध खतिवडा, श्रममनत्री किसान श्रेष्ठ, शहरी विकासमन्त्री रामकुमारी झाँक्री लगायत अन्य सांसदहरुले मन्त्रि हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष नेपाललाई ध्यानाकर्षणपत्र बुझाएका थिए।
सचिवालयका नेताहरुले पार्टीको निर्णयअनुसार मन्त्री हेरफेर कार्यान्वयन हुनुपर्ने बताउँदै आएपछि मन्त्री आलेले राजीनामा दिएका हुन्। उनले पत्रकार सम्मेलन गरेर आफ्ना कार्यकालमा भएका कामहरु बारे जानकारी गराउने तयारी गरेको बताइएको छ।











