Kathmandu Press

नागरिकता विधेयक अड्किँदा धेरै गुनासो आएको छ : सभामुख सापकाेटा

काठमाडाैं, असार १२ : सभामुख अग्नि सापकोटाले नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्ने बताएका छन्।आइतबार संसदीय मामिला पत्रकार समाजले काठमाडौंमा...
नागरिकता विधेयक अड्किँदा धेरै गुनासो आएको छ : सभामुख सापकाेटा

काठमाडाैं, असार १२ : सभामुख अग्नि सापकोटाले नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्ने बताएका छन्।

आइतबार संसदीय मामिला पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले नागरिकता विधेयक अड्किएका कारण धेरै गुनासो आएको भन्दै नागरिकतालगायतका प्रतिस्थापन विधेयक चालु अधिवेशनबाट पास गर्नुपर्ने बताएका हुन्।

उनले गुणस्तरीय कानुन बनाउनु मुख्य दायित्व भएको र देशको सुशासन कायम गर्ने कानुन निर्माण गर्ने बाहेक कुनै स्वार्थ नरहेको धारणा राखे।

भ्रष्टचार भनेको कुनै बजेट र आर्थिकसँग मात्रै सम्बन्धित कुरा मात्रै नभएको भन्दै उनले सुशासन कायम गर्दै सवै क्षेत्रमा हुने भ्रष्टचार नियन्त्रण गर्नुपर्ने जिकिर गरे।

कार्यक्रममा सभामुख सापकोटाले संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म पुस्तक विमोचन गरेका थिए। 

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्