प्रतिनिधिसभाको बैठक सुरु
काठमाडौं, असार १२ प्रतिनिधिसभाको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेका हुन्। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर...
काठमाडौं, असार १२ प्रतिनिधिसभाको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेका हुन्।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२औं वार्षिक प्रतिवदन पेश गर्ने कार्यसूची छ। त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची पनि छ।
संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव गर्ने, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इन्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्याता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव गर्ने कार्यसूचीसमेत रहेका छन्।











