Kathmandu Press

घट्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति? (सूचीसहित) 

आज (आइतबार) यातायात व्यवस्था विभागले एक सूचना निकालेर अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको जानकारी दिएको हो।
घट्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति? (सूचीसहित) 

काठमाडौं, असार १२ : सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटेको छ।

आज (आइतबार) यातायात व्यवस्था विभागले एक सूचना निकालेर अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको जानकारी दिएको हो।

सूचनामा उल्लेख भएअनुसार यात्रीवाहक सवारीमा साबिकको भाडादरमा ५.४१ प्रतिशत भाडा घटाइएको छ।

त्यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको छ।

नयाँ भाडादर आजकै दिनदेखि लागु हुने यातायात व्यवस्था विभागले जनाएको छ।

प्रकाशित मिति: १२:३२ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्