‘लभ यु हमेशा’ अर्को महिना
काठमाडाैं, कात्तिक २५ : भास्कर प्रधानले निर्देशन गरेको चलचित्र ‘लभ यु हमेशा’ अर्को महिना प्रदर्शन हुने भएको छ।
कात्तिक २२ ....

काठमाडाैं, कात्तिक २५ : भास्कर प्रधानले निर्देशन गरेको चलचित्र ‘लभ यु हमेशा’ अर्को महिना प्रदर्शन हुने भएको छ।
कात्तिक २२ मा प्रदर्शन हुने भनिएको यो फिल्म अब मंसिर १३ गते प्रदर्शन हुने भएको छ। वितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठका अनुसार ‘घामड शेरे’ र ‘जीवन काँडा की फूल’ प्रदर्शनका लागि सहज बनाउन ‘लभ यु हमेशा’को रिलिज मिति सारिएको हो।
भारतको दार्र्जििलङ, सिलगुढीलगायतका केही स्थानमा भने यो सिनेमा कात्तिक १५ गतेबाट रिलिज भएको निर्माण टिमले जनाएको छ।
यवन गुरुङले निर्माण रहेको यस फिल्ममा प्रधानले नै कथा लेखेका हुन्। यसमा यशराज गरच, ऋचा थापा, निराजन मेहता, फिजा योञ्जन, गोपाल ढकाल (छन्दे), शिसिर राणा, करुणा श्रेष्ठ, पिटी योल्मा, सल्देन तामाङ, प्रमिला राईलगायतका कलाकारले अभिनय रहेको छ।
शिव ढकालको छायांकन रहेको यस फिल्ममा फिलिपिन्स, भारतको कालेबुङ, सिलुगुढीका दृश्य देख्न सकिनेछ। सह–निर्माता मलन गुरुङ साथमा यस फिल्ममा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ।









-1783580717.jpeg)
